बन्दाबन्दीमा मारमा परेका परिवारलाई माइती नेपालको सामुदायीक भान्सा अभियान शुरु

बन्दाबन्दीमा मारमा परेका परिवारलाई माइती नेपालको सामुदायीक भान्सा अभियान शुरु

  • बुधबार, असार १७, २०७७
  • डम्मर राज भट्ट

  • 12.7K
    SHARES

कञ्चनपुर, १७ असार । माइती नेपाल कञ्चनपुरले विपन्न परिवारका लागि सामाजिक भान्सा अभियान सुरु गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका अतिविपन्न परिवार तथा महिला, बालबालिकाहरुका लागि मंगलबारबाट सामाजिक भान्सा अभियान सुरु गरेको हो । लामो समयसम्म भएको बन्दाबन्दी कारण दैकिन ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार समस्यामा परेको भन्दै माइती नेपालले सो अभियानको सुरुवात गरेको हो । ५६ दिनसम्म चल्ने सो अभियानमा अतिविपन्न परिवारका महिला, बालबालिका, असाह्य, वृद्ध तथा एक महिलाहरुलाई एकछाक पोषिलो खाना खुवाइने माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

उहाँले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवार बढी मारमा परेकाले आफूहरुले उनीहरुका लागि सामाजिक भान्सा अभियानको सुरुवात गरेको बताउनुभयो । ‘अहिले धेरैजसो क्षेत्रमा बन्दाबन्दीका कारण आमनागरिकलाई साझँबिहानको छाक र्टान समस्या परेको छ’ संयोजक भट्टले भन्नुभयो ‘यस्तो बेला हामीले खुवाउने एकछाक पोषिलो खानाले पनि उहाँहरुलाई धेरै ठूलो सहयाग गर्ने हामीले आशा गरेका छौ ।’ उहाँका अनुसार झण्डै दुई महिना चल्ने अभियानमा जिल्लामा रहेका अतिविपन्न र बन्दाबन्दीको मारमा परेका परिवारलाई बढी प्राथमितामा राखिने छ । माइती नेपाल, युयन ओमन तथा स्थानीय तहको समन्वयमा संचालन गरिएको अभियानमा दैनिक दुई सय ६० जना महिला तथा बालबालिकालाई पोषिलो खाना खुवाइने छ ।

अभियानको पहिलो दिन भिमदत्त नगरपालिका १८ सालघारीस्थित सुकुम्बसी शिविर तथा दलित बस्तीमा पोषिलो खाना वितरण गरिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ । अभियानको उद्घाटन गर्दै भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले बन्दाबन्दीका कारण मारमा रहेका महिला तथा बालबालिकाहरुलाई पोषिलो खाना वितरण गर्नुभएको थियो ।

उहाँले सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरेको बताउदै त्यसको प्रत्यक्ष मारमा दैनक ज्यादारी, मजदूरी गर्ने परिवार परेकाले यस्तो अभियानले उनीहरुलाई सहयोग गर्ने बताउनुभयो । कोरोना भाइरस अन्य रोग र विपत्ती जस्तो नभएकाले बताउदै यसबाट जोखिन सबैले भौतिक दूरी र सुरक्षाका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै, कार्यक्रममा बोन्दै नगरप्रमुख विष्टले पालिकाको स्रोत साधानले मात्रै सबै क्षेत्रमा काम गर्न नसकिने भएकाले महामारीका बेला माइती नेपालले गरेको अभियान प्रशंसनिय रहेको बताउनुभयो । उता, पोषिलो खाना पाएसँगै खुशी भएका स्थानीय द्वारिका दमाइले बन्दाबन्दी काम गर्न नपाएका बेला माइती नेपालले गरेको सहयोगले आफूलाई राहत मिलेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी