कञ्चनपुर, १६ असार बर्षा शुरुसंगै असार दोस्रो साता कञ्चनपुरको चुरे क्षेत्र बाट लोपोन्मुख संरक्षित अंजिङगर फेला पर्न थालेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ चुरे फेदमा लोपोन्मुख अजिङगर फेला परेको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले चुरे जंगलबाट बस्तीतर्फ आईरहेको अंजिङगर स्थानीयले देखेपछि वनमा खबर गरेको बताए । उनका अनुसार जंयशंकर सामुदायिक वन क्षेत्रमा ४० किलो तौल र ११ फिट लम्बाईको अंजिङगर फेला परेको छ । ‘अजिङगरले कुनै सानो जनावर खाएको रहेछ, ‘उनले भने, ‘त्यही भएर विच पेट फुलेको थियो ।’ चुरेमा फेला परेको अजिङगर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छाडिएको छ । गाउँमै अंजिङर आउन थालेपछि वन संरक्षण भएको स्थानीयको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline