काठमाडौँ, १६ असार । भारतबाट नेपालका तराइ जिल्लामा प्रवेश गरेकाे सलह मंगलवार काठमाडौं आइपुगेको छ ।भारतबाट प्रदेश २ र प्रदेश ५ का जिल्लाहरूमा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् ।
असार १३ गते बारामा देखिएको झुन्ड टुक्रिदै काठमाडौं प्रवेश गरेका सलहका झुण्ड काठमाडाैंका आकाशमा देखा परेकाे थियाे । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ किट विज्ञ रामकृष्ण सुवेदीका अनुसार हावाको बहावसँगै चितवनबाट टुक्रिएको झुन्ड मकवानपुरको डाँडामाथि हुँदै काठमाडौं प्रवेश गरेको हो ।
सलहका झुन्ड सानो भएकाले ती झुन्डहरुले अहिलेसम्म कतै क्षति नगरेको उनले बताए । आकाशमा सलह देखिएपछि न्युराेड लगायतका सडकमा उभिएर हेर्नेकेा भिडभाड थियाे ।
उपत्यकामा देखिएका सलहरुलाई कागल, परेवा लगायतले खाएकाे दृश्य पनि देखिएका थिए ।