तानसेनको पहिचान स्वरुप श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना

तानसेनको पहिचान स्वरुप श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना

  • मङ्लबार, असार १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

पाल्पा , १६ असार । तानसेनको पहिचान दिने गरी श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना गर्न लागिएको छ । पाल्पाको पर्यटकीय विकासमा सहयोग पुग्ने गरी सूचनापाटी स्थापना गर्न लागिएको हो ।

ठूला अक्षरमा अङ्ग्रेजीमा ‘तानसेन’लेखिएको सूचनापाटीको लम्बाइ साढे ४३ मिटर र उचाइ ८ मिटर रहने छ । आठ मिटर नै फराकिलो अक्षर बनाइने छ । सोलारबाट हेलोजिन लाइट बालेर उज्यालो दिइन्छ । स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ५० लाख बजेटमा तानसेन नगरपालिका–३, श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना गर्न लागिएको हो । यसबाट सिद्धार्थ राजमार्गका यात्रुले सजिलै तानसेन देख्न सक्नेछन् ।

संघीय सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले ‘तानसेन विद्युतीय बोर्ड’को अक्षर जडानको सोमबार शुभारम्भ गर्नुभयो । पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र साझेदारी पूर्वाधार विकास कोष कार्यक्रमबाट बोर्ड निर्माण गर्न लागिएको हो ।
यस खालको संरचनाले पाल्पाको पर्यटकीय क्षेत्रमा थप विकास गरी पर्यटक आकर्षण गर्न सकिने सांसद पाण्डेयले बताउनुभयो । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ