अमेरीकाले भन्यो,५० करोड डलर अनुदान लिने भए एमसीसी अनुमोदन जरुरी

अमेरीकाले भन्यो,५० करोड डलर अनुदान लिने भए एमसीसी अनुमोदन जरुरी

  • मङ्लबार, असार १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

असार १६ काठमाडौं । नेपालमा चरम विवादीत बनेको एमसीसी परियोजना असार १५ भित्र अनुमोदन नभएकोमा अमेरीकाले पुनः चासो दिएको छ ।
अमेरीकी दुतावासले सोमबार विज्ञप्ति जारी गरी यो सहयोग लिने बिषय नेपालको रोजाईको बिषय भएको भन्दै यो कोषको उपलव्धता भने सधैँ खुल्ला नरहने जनाएको छ ।
यो कार्यक्रमको व्यवहारीकताका लागि ससदबाट अनुमोदन हुन नसकेकोमा अमेरीका जानकार रहेको भन्दै दुतावासले ५० करोड डलरको अनुदानलाई अघि बढाउने अघिल्लो कदम अनुमोदन भएको स्पष्ट पारेको छ ।

अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो’, दूतावासले भनेको छ । दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको पनि अमेरिकाले स्मरण गराएको छ ।
सार्वजनिक रुपमा व्यक्त विरोध, नेकपा भित्रै यसै बिषयमा चर्किएको बिबाद आदिका कारण एमसीसी अनुमोदन गर्नु पर्ने असार १५ सम्मको समयसीमा पार भएको छ ।

एमसीसीले विश्वभरका झन्डै ३० देशसँग कुल १३ अर्ब बराबरको दसौँ करोडका ३७ वटा अनुदान सम्झौतामा सफलतापूर्वक साझेदारी गरिसकेको भन्दै दूतावासले यी अनुदानले लगानी तथा आर्थिक विकासलाई उत्प्रेरित गरी दसौँ लाख मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गर्ने दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ