त्रिविका विद्यार्थी तीन वर्षदेखि निरन्तर घट्दो

त्रिविका विद्यार्थी तीन वर्षदेखि निरन्तर घट्दो

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ , १५ असार । त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ । प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ । विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धि, विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम र त्रिविको गुणस्तर तथा सुशासनका सवालमा समयमा समयमा उठ्ने प्रश्नले पनि विद्यार्थीको सङ्ख्याएको घटाएको मानिएको छ ।

मुलुकको ठूलो र जेठो विश्वविद्यालय त्रिविको आज सम्पन्न ६१औँ वार्षिक दिवसका अवसरमा आयोजित त्रिवि सभामा पारित ५८औँ ‘ग्रेस लिष्ट’ कूल ५६ हजार ७१३ विद्यार्थी समावेश भएका छन् । यी विद्यार्थीले आगामी पुसमा हुने दिक्षान्त कार्यक्रममा भाग लिन पाउनेछन् । अघिल्लो ५७ औँ ‘ग्रेस लिष्ट’ मा कूल ७० हजार ७७ विद्यार्थी भएका थिए भने ५६औँ ‘ग्रेस लिष्ट’मा कूल ७३ हजार ९०१ विद्यार्थी थिए । यसरी हेर्दा पछिल्लो तीन वर्षको विद्यार्थी सङ्ख्या निरन्तर घट्दो देखिएको हो ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आाज सम्पन्न वार्षिक दिवस बैठकमा प्रस्तुत गे्रस लिष्ट पारित गरिएको हो । उक्त सूचीअनुसार व्यवस्थापक सङ्कायमा १९ हजार ३३०, शिक्षाशास्त्र सङ्कायमा १४ हजार ८१२, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा नौ हजार ६१५, कानून सङ्कायमा एक हजार ९१५, विज्ञान तथा प्रविधि अध्ययन संंस्थानमा छ हजार १२६, इञ्जिनीयरिङ अध्ययन संस्थानमा दुई हजार ८४४, चिकित्साशास्त्र अध्ययन संस्थानमा एक हजार ४५२, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ३९७ र वनविज्ञान अध्ययन संस् थानमा २२२ विद्यार्थी छन् ।

मन्त्री पोखरेलले कोभिड– १९ को विश्वव्यापी महामारीका कारण उत्पन्न जटिलतालाई ध्यान दिएर शिक्षालाई प्रविधिसँग जोड्न त्रिभुवन विश्वविद्यालयले गरेको महत्वपूर्ण प्रयत्नलाई सार्थकताका साथ कार्यान्वयनमा लैजान र शिक्षाको परम्परागत शैलीमा आमूल परिवर्तन गरी घरलाई शिक्षा आर्जन गर्ने स्थानका रुपमा परिणत गर्दै जान आग्रह गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले त्रिविलाई विज्ञान प्रविधिमैत्री बनाउन माइक्रोसफ्ट कम्पनीसँग सम्झौता गरी त्रिविको मेन डोमेन बनाई सबै निकाय तथा क्याम्पसको आफ्नै सवडोमेन बनाएर पाँच लाख शिक्षक, कर्मचारी तथा विद्यार्थीको इमेल बनाउने अभियानमा जुटेको जानकारी दिनुभयो ।

उहाँले अनलाइन प्रविधिका माध्यामबाटै कक्षा सञ्चालन गर्ने कार्यलाई तीव्रता दिइरहेको साथै विश्वविद्यालयवाट प्रदान गने ट्रान्सक्रिप्ट तथा ग्रेड प्वाइन्ट मा एकरुपता, क्रेडिट ट्रान्सफरको व्यवस्था तथा त्रिविको सम्पत्तिको थप पहिचान र नियम एवं परीक्षा प्रणालीमा सुधार जस्ता कार्यक्रम अन्तिम अवस्थामा पुगेकोसमेत बताउनुभयो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालका अनुसारसभाले त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमको परिच्छेद ३९ नियम १३० अनुसार त्रिविको कार्यकारी परिषद्को रिक्त सदस्यमा कानून सङ्कायका डीन प्रा डा विजयसिंह सिजापति र शिक्षकबाट प्रा डा पे्रमसागर चापागाईंको नियुक्तिलाई समर्थन गरेको छ ।

त्रिविमा हाल ६१ आङ्गिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पसमा गरी तीन लाखभन्दा बढी विद्यार्थी छन् । मुलुकका ११ विश्वविद्यालयमध्ये त्रिविले मात्रै ८० प्रतिशत विद्यार्थीको भार बहन गर्दै आएको छ ।

शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले गत वर्ष तयार गरेको जनशक्ति प्रक्षेपणसम्बन्धी प्रतिवेदनमा सीपमूलक क्षेत्रमा आवश्यकतानुसार जनशक्ति नभएको उल्लेख छ भने सरकारले विद्यालय र स्थानीय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिने उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहाली गर्दा प्राविधिक शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सरकारलाई २०७५ माघ १ गते बुझाइएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले उच्च शिक्षालाई प्राविधिक र अनुसन्धानमुखी बनाउनुपर्ने सुझाव दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी