‘जमिन चक्लाबन्दी कार्यक्रमलाई विस्तार गर्छौं’-लेखबहादुर थापामगर

‘जमिन चक्लाबन्दी कार्यक्रमलाई विस्तार गर्छौं’-लेखबहादुर थापामगर

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

कास्की , १५ असार । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले जमिन चक्लाबन्दी गरी सामूहिक खेती कार्यक्रमलाई थप विस्तार गरिने बताउनुभएको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा आज आयोजना गरिएको रोपाइँ महोत्सवमा उहाँले चक्लाबन्दी गरी खेती गर्दा कम लागतमा उत्पादन वृद्धि हुने भएकाले आधारभूत खाद्य उत्पादनमा आत्मनिर्भर बन्दै पाँच वर्षभित्र उत्पादन दोब्बर गर्ने सरकारको योजनालाई सफल बनाउनका लागि कार्यक्रम विस्तार गरिने उल्लेख गर्नुभयो ।

मन्त्री थापाले भन्नुभयो, “टुक्रे उत्पादनको प्रवृत्तिलाई अन्त्य गरी ठूलो क्षेत्रफलमा एकै प्रकृतिको उत्पादनका लागि चक्लाबन्दी गर्नुको विकल्प छैन, ५०, १००, ५०० रोपनी जमिनमा व्यावसायिक उत्पादनका लागि जमिन चक्लाबन्दीको कार्यक्रम शुरु गरेका छौँ, आगामी वर्ष थप विस्तार गर्दछौँ ।”

कृषि मात्रै सबैभन्दा छिटो स्वरोजगार सिर्जना गर्ने क्षेत्र भएकाले युवायुवतीलाई तालीम, प्रविधि र पूँजीका साथ कृषिमा लगाउने योजना सरकारको रहेको बताउँदै मन्त्री थापाले कृषिमा आकर्षण बढाउनसमेत यस पेशामा लागेकालाई सम्मान गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले व्यावसायिक कृषिको राम्रो सम्भावना गाउँपालिकामा रहेको बताउँदै चक्लाबन्दी गरिएको जमिनमा उत्पादकत्व बढे÷नबढेका बारेमा कृषकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रदेश सरकारको रु २० लाख आर्थिक सहयोगमा घाचोकको तल्लाखेत÷भलाबोटमा ३७ जना कृषकको १०८ रोपनी जमिन मिसाएर सामूहिक खेतीपाती शुरु गरिएको र पहिलो बाली धान रोपिएको कृषक समूहका अध्यक्ष गोविन्दराज पोखरेलले बताउनुभयो । चक्लाबन्दी गरी सामूहिक खेतीमार्फत आफूहरु व्यावसायिक उत्पादनको सङ्कल्पका साथ अघि बढेको र वर्षमा तीन बाली खेती गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी