मादक पदार्थ सेवन गरी बञ्चरोद्वारा हेलम्बु एफएममा आक्रमण

मादक पदार्थ सेवन गरी बञ्चरोद्वारा हेलम्बु एफएममा आक्रमण

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

मेलम्ची,१५ असार । सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गए राति आक्रमण भएको छ । स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पुर्याएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ का भोजबहादुर थापामगरले मादक पदार्थ सेवन गरी तथानाम गालीगलौज गर्दै एफएमको कार्यालयमा बञ्चरो प्रहार गरेर ढोका तथा झ्यालका सिसा तोडफोड गरी कार्यालयमा क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताउनुभयो ।

प्रहरीले घटनामा संलग्न थापामगरको खोजी गरिरहेको र घटनास्थलबाट एकथान बञ्चरोसमेत बरामद गरेको जनाएको छ । रेडियो सञ्चालनका लागि उपयुक्त वातावरण नबनेसम्मका लागि केही दिनका लागि प्रसारण सेवा बन्द गरिने स्टेशन प्रमुख ङेम्लिङ लामाले जानकारी दिनुभयो ।
‘आक्रमन गर्ने स्थानीय युवालाइ प्रहरीले खोजिरहेको बताउनुहुन्छ’ प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफले ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ