कोरोनाबाट ललितपुरमा २९ बर्षे युवाको मृत्यु

कोरोनाबाट ललितपुरमा २९ बर्षे युवाको मृत्यु

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

असार १५ ललितपुर । नेपालमा निरन्तर कोरोेना संक्रमितको मृत्यु हुनेको संख्या पनि बढ्ने क्रम चलिरहेको छ । गएराति ललितपुरस्थित स्टार हस्पिटलमा उपचाररत २९ वर्षीय एक पुरुषको मृत्यु भएको छ।
उनलाई श्वास–प्रश्वासमा समस्या भएपछि स्टार हस्पिटलको आईसियूमा भर्ना गरिएको थियो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भएपछि उनको शव व्यवस्थापनको लागि वैठक बसिरहेको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए। युवक दमको रोगी थिए । मृतक युवकसहित नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

स्टार हस्पिटलका डा.अनिल पोखरेलका अनुसार युवकलाई १३ गते नै रौतहतवाट स्टार अस्पताल ल्याइएको थियो । ल्याएको चार घण्टामै उनको मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ