धमाधम मिडिया हाउसले पत्रकार निकाल्न थाले पछि विभिन्न संगठनद्धारा आन्दोलनको चेतावनी

धमाधम मिडिया हाउसले पत्रकार निकाल्न थाले पछि विभिन्न संगठनद्धारा आन्दोलनको चेतावनी

  • आइतवार, असार १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

असार १४ काठमाण्डौं । कोरोना माहामारी देखाउदै मिडिया हाउसहरुले धमाधम श्रमजीवी पत्रकारलाई पेशाबाट निकाल्ने, बेतलवी विदा बस्न दवाव दिने र राजीनामा दिन बाध्य पारेको भन्दै विभिन्न पत्रकार सगंठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रेस संगठन,प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ,जनपत्रकार संगठन,प्रगतिशील पत्रकार संगठन,प्रेस नेपाल, प्रेस संगठन नेपाल, मधेशी पत्रकार समाज,लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज मिडिया नेपाल लगायतका पदाधीकारी तथा नेतृत्वहरुले आज एक साझा विज्ञप्ति प्रकाशित गरी यस्तो चेतावनी दिएका हुन् ।
साथै ती संगठनहरुले महासंघले सञ्चारगृहहरुलाई दिएको अल्टिमेटम र सरोकारवालाहरुसगँ गरेको छलफल र पहललाई पनि सकारात्मक रुपमा लिएका छन् ।
एक दर्जन बढी मिडिया हाउसमा गंभीर समस्या देखिएको भन्दै उनीहरुले श्रमजीवी ऐन विपरीतका काम बन्द गर्न माग गरेका छन् ।
साथै माहामारीका कारण बन्द हुन पुगेका स्वरोजगारमुखि तथा साना मिडिया र श्रमजीवी पत्रकारहरुका लागि आवधिक राहत प्याकेज ल्याउन पनि संगठनहरुले माग गरेका छन् ।
यी मागहरु पुरा नभए शसक्त आन्दोलन मार्फत दवाव दिने र त्यसको जिम्मेवार स्वयं मिडिया मालिकहरु हुनु पर्ने विज्ञप्तिमा चेतावनी दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ