धनगढी , १४ असार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की नेतृ लक्ष्मी शाहले नेपाल प्रहरी सुदुरपश्सिमका लागी स्वास्थ सामाग्री हस्तान्तरण गरेकी छन् । जन्मदिनको अवसर पारेर शाहले कोरोना विरुद्धको अभियानमा अग्रमोर्चामा रहेरका नेपाल प्रहरीलाई स्वास्थ सामाग्री प्रदान गरेकी हुन ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेकी शाहले आइतवार सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तमराज सुवेदीलाई स्वास्थ सामाग्रीहरू अन्तरगत महिला प्रहरीका लागी १६ सय थान सेनेटरी प्याड र महामारीमा आफ्नो किएर नगरी जनताको सुरक्षामा खटीएका प्रहरीहरुका लागी १३ सय थान सर्जिकल मास्क प्रदान गरेकी हुन ।
कोरोनाको महामारी बाट विश्व नै रूरहेको अवस्थामा पनि नेपाल प्रहरीले गरिरहेको कार्यको प्रशंसा गर्दै नेतृ शाहले थोरै भए पनि आफ्नो तर्फवाट नेपाल प्रहरीलाई सहयोग गर्न पाएकोमा आफु खुशी भएको बताईन् ।
स्वास्थ सामाग्री हस्तान्तरण पछि धन्यावाद ज्ञापन गर्दै प्रहरी प्रमुख सुवेदीले प्रहरीको मनोवल बढाउने गरि गरिएको उत्त कार्यप्रती धन्यवाद व्यक्त समेत गरेका छन् ।
स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपाका कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापा, नेकपाका प्रदेश सचिव नेप बहादुर चौधरी, राष्ट्रीय योजना आयोगका पुर्व सदस्य विजय कुवँर, नेकपाका नेता रणबहादुर चन्द, राष्ट्रीय युवा संघका कैलाली अध्यक्ष राजु बम लगायतका नेताहरूको उपस्थित रहेको थियो ।