असार १४ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह र कैलाली जिल्ला अध्यक्ष सुभाष जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो साझँ करीब ५ बजेतिर धनगढीको जुगेडा बाट केन्द्रिय सदस्य बबरजङ्ग सिंह र कैलाली जिल्ला अध्यक्ष सुवास जोशी लाई अपहरण शैलीमा गिरफ्तार गरि झुठो मुद्दामा फसाउने षडयन्त्र गरेको भन्दै संगठनले अविलम्ब रिहा गर्न माग गरेको छ ।
संगठनका सेती महाकाली ब्युरो संयोजक बीरेन्द्र शाहले विज्ञप्ति जारी गरी कोरोना महामारीको संकटमा समेत राष्ट्रिय स्वाधीनताको लागि संघर्ष गरीरहेको संगठनका नेताहरुको गिराफ्तारी भएको भन्दै भत्र्सना गरेका छन् ।
पक्राउ परेका नेताहरुलाई अविलम्ब रिहा नगनरे संघर्ष गर्ने चेतावनी शाहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline