विभिन्न स्थानमा पहिरो र आगलागी

विभिन्न स्थानमा पहिरो र आगलागी

  • शनिबार, असार १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ,१३ असार । मनसुन शुरु भएको दोस्रो हप्ता सकिन लाग्दा पनि विभिन्न क्षेत्रमा विपद्का घटना भइरहेको छ ।

पछिल्लो चौबिस घण्टामा सुनसरी र रामेछापमा आगलागीका घटना भएको छ भने मकवानपुर, सिन्धुपाल्चोक र म्याग्दीमा पहिरो खसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका वनडाँडा र रामेछापको पाउद्वारमा आगलागी हुँदा झण्डै रु ६ लाख बराबरको क्षति भएको छ ।

यस्तै मकवानपुरको भीमफेदीस्थित जुरिखेत, सिन्धुपाल्चोकको भोटेकोसी र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरो खसेको प्राधिकरणले जनाएको छ । विभिन्न नदीहरुमा बहाव बढ्ने र ठाउँठाउँमा पानी पर्ने भएकाले सतर्क हुनसमेत प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ