कृष्णपुर नगरपालिकाको वडा नम्बर २ सिल

कृष्णपुर नगरपालिकाको वडा नम्बर २ सिल

  • शनिबार, असार १३, २०७७
  • डम्मर राज भट्ट

  • 8.8K
    SHARES

कन्चनपुर, १३ असार ।  कन्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर दुईलाई एक हप्ताका लागि सिल गरिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै शनिबार कोरोना भाइरस नियन्त्रण गर्न वडा कार्यालयमा वसेको सर्वदलिय समितिको बैठकले सिल गर्ने निर्णय गरेको हो । वडा कार्यालयलाई आइतबारदेखि एक हप्ताका लागि पूर्ण रुपमा सिल गरिएको वडा अध्यक्ष जयनाराण जोशीले जानकारी दिए ।
कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै वाणी वजार लगायतका सबै बजार क्षेत्र हप्ता दिनका लागि सिल गर्ने निर्णय गरिएको वडा अध्यक्ष जोशीले बताए ।
हाल वडामा कोरोना संक्रमितको संख्या १६ जना रहेकोले संक्रमण थप फैलिन सक्ने भन्दै बजार क्षेत्रमा हुने भीडभाड पुर्ण रुपमा रोकी नियन्त्रणको प्रयास गरिएको उनले बताए । अत्यावश्यक कामका लागि आवतजावत तथा किनमेल गर्न सामाजिक दु्री कायम गरि सार्वजनिक स्थलमा चारजना भन्दा बढी जम्मा हुन नपाइने पनि जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ