असार १३ कलैया । लगातार २ दिनको अविरल वर्षाले बाराको कलैया सडक खण्डमा हिलो भएपछि स्थानीय सरकारको सांकेतिक विरोध स्वरूप कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने बाटोमा धान रोपिएको छ ।
बुधवार राती मात्र परेको पानीले कलैया आउने जाने ग्रामिण क्षेत्रका सडक हिलो हुर्दा सर्वसाधारणलाइ आवतजावत गर्न समस्या भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ नितनपुर सडक खण्डमा पर्ने भवानिपुर स्थित आयुर्वेद अस्पताल निर दुई दर्जन भन्दा बढि युवाहरु बाटोमै धान रोपी सांकेतिक विरोध गरेका छन ।
सडक समस्याहरुको पहिचान तथा तत्काल समस्या समाधानको लागि उक्त सांकेतिक बिरोध गरेको स्थानीयले बताए । पानि पर्दा एम्बुलेनस समेत आवतजावत गर्न समस्या भएको भन्दै बिरोध गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनको लागि रोपाई गराएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline