असार १२ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ । यसै क्रममा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो मृत्यु हुनेमा अन्दाजी २५ देखि ३० वर्षीया महिला रहेकी छिन् ।
ती महिलाको बेवारिसे शव दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ११ गते भेटिएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको थियो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेका २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखाका १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, पर्साका १ गरी २७ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline