पहिराका कारण १५० घरधुरी जोखिममा

पहिराका कारण १५० घरधुरी जोखिममा

  • शुक्रबार, असार १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

मान्म, १२ असार ।कालीकोट जिल्लाको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा परेका छ । अविरल वर्षापछि बिहीबार राति आएको पहिराका कारणले बस्ती नै जोखिममा परेको हो ।

सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी सिंहले बताउनुभयो । ‘गाउँको सिरानमा पहिरो आएको छ ।’ उहाँले भन्नुभयो,‘बस्ती नै जोखिममा परेको कारणले अहिले सबै मानिस त्रसित छन् । पहिरोका कारणले खानेपानीको पाइप पनि भत्किएको छ । बस्तीमा अहिले खानेपानीको समस्या भएको छ ।’

अहिले बस्तीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष दानकला सिंहले बताउनुभयो । ‘बस्ती पहिरोको जोखिममा परेको छ’, उहाँले भन्नुभयो, ‘बस्ती सार्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी