असार १२ एजेन्सी । रुसका तात्कालीन शक्तिशाली कम्युनिष्ट नेता जोसेफ स्टालीनप्रति श्रद्धा बढ्न थालेको देखिएको छ । खास गरी दोस्रो विश्व युद्धमा जर्मनको हिटलरको नाजी शक्तिलाई पराजीत गरेको र सोभियत संघलाई बचाएकाले उनलाई त्यतिखेर ठूलो सम्मान दिएका थिए जनताले ।
तर उनको सन् १९५३ मा मृत्यु भए पछि शासक बनेका खुस्चेभले उनको शबलाई दाहासंस्कर गराएका थिए भने निरन्तर स्टालीनको बिरोध गर्दै आएका थिए ।
स्टालीनको नेतृत्वमा दोस्रो विश्वयुद्धमा रुस विजयी भएको ७५ औं बिजयी दिवस मनाईएकै समय पारेर मस्कोका एक जना धनाढ्य व्यापारीले आफ्नै जमिनमा र आफ्नै खर्चमा स्टालीनको पूर्ण कदको शालिक निर्माण गरेका छन् ।
रुसी व्यापारी एलेक्साई जोरोभले निर्माण गरेको उक्त शालिक उद्घाटनमा सोभियत संघकालीन राष्ट्रिय धुन बजाईएको थियो भने सयौको संख्यामा मानिसहरु भेला भएका थिए ।
भविष्यमा शालिक निर्माण भएको क्षेत्रमा भवन र म्युजियम पनि बनाईने उनले बताए ।
दोस्रो विश्व युद्धमा रुसलाई रक्षा गरेको मात्र नभई तेस्रो विश्व युद्ध हुन समेत रोकेको उनको तर्क छ ।
व्यवशायी जोरोभ पनि कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको बताईन्छ ।
स्टालीनलाई कतिपयले तानाशाही नेताको रुपमा चित्रित गरेका छन् भने संसारभरका धेरै कम्युनिष्टहरुले उनको प्रससा गर्दै आएका छन् ।