वडा अध्यक्ष यादवले सडक ढलानमा अनियमितता गरेको स्थानीयको आरोप

वडा अध्यक्ष यादवले सडक ढलानमा अनियमितता गरेको स्थानीयको आरोप

  • बिहिबार, असार ११, २०७७
  • दिपक चौरसिया

  • 10.5K
    SHARES

बारा, ११ असार । फेटा गाउपालिका वडा नम्बर ४ मा भइरहेको सडक ढलानको बिषयमा गाउपालिकाले छानबिन गर्ने भएको छ । सडक ढलानमा वडा अध्यक्ष वकिल यादवले अनियमित्ता गरेको स्थानीयले आरोप लगाएपछि गाउपालिकाले अनुगमन गर्नको निम्ति टोली परिचालन गरेको हो ।
फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले गाउपालिकामा पर्ने ७ वटै वडाहरुमा सडक ढलान, नाला लगायतको निर्माण कार्य भइरहेको बताउनु भयो । उहाले ७ वटै वडाहरुमा इन्जिनियरको टोली परिचालन गरेको बताउनु भयो । सडक ढलान, नाला निर्माण लगायतको कार्यमा कुनै किसिमको लापरवाही गरेको भेटिए भुक्तानी नगर्ने गाउपालिका अध्यक्ष अमिरीलाल प्रसादले बताउनु भयो । उहाले आफ्नो क्षत्रेमा पर्ने सबै जसो वडाहरुमा सडक निर्माणको कार्य भइरहेको हुदा समयको अभावले आफै नखटी इन्जिनियर लगायतको टोलीलाई परिचालन गरिएको बताउनु भयो । उहाले वडा नम्बर ४ मा अनुगन गर्ने र ३ इन्चको ढलान फेला परे भुक्तानी रोक्ने बताउनु भयो ।


फेटा गाउपालिका वडा नम्बर ४ फुलवरीया टोलमा भइरहेको सडक ढलानमा आफ्नै घरको सदस्यलाई उपभोक्ता समितिका अध्यक्ष बनाई रकम हिनामिना गर्नको निम्ति ६ इन्चको ठाउमा मात्र ३ ईन्च ढलान गरिरहेको स्थानीयले आरोप लगाएका छन् । वडा अध्यक्ष वकिल यादवले गाउपालिकाबाट आएको बजेटलाई दुरुयोग गर्दै आफ्नो मनोमानी तरिकाले सडक ढलान गराइरहेको स्थानीयले आरोप लगाए । स्थानीयहरुले आफ्नो गाउ ठाउको विकास हुन जरुरी छ तर विकासको नाममा आएको बजेटले राम्ररी विकासको कार्य हुन नसकेको स्थानीयले आरोप लगाए ।
यस बिषयमा समाचार संकलन गर्न जादा पत्रकारको टिमदेखे पछि त्याहाँबाट वडा अध्यक्ष वकिल यादव हिडेका थिए । उनले वडा नम्बर ४ मा भइरहेको सडक ढलानमा आफै बसी मात्र ३ इन्चको ढलान गराइरहेकै बेला पत्रकारको टिम घटना स्थलमा पुगेका थिए । पत्रकारले प्रश्न गर्न खोज्दा नबोल्ने भन्दै उनी हिँडेका थिए ।


यता फेटा गाउपालिकाबाट विकासको निम्ति बिनियोजन गरिएको रकम स्थानीय सरकारकै सहयोगमा अनियमित्ता भएको पाइएको छ । सडक ढलान गर्नको निम्ति इट्टा, बोल्डर, गिटी, बालुवा लगायत सीमेन्टको प्रयोग हुने गरेपनि बोल्डर माथि नै ढलान गर्न लागिएको देखिएको उपभोक्ताहरुको गुनासो छ । यस आर्थिक बर्षको रकम सिध्याउनको निम्ति आफ्नो मनोमानी पाराले वडा अध्यक्षले गरिरहेको स्थानीयले आरोप लगाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ