असार १० पाल्पा । पाल्पामा आज एकैदिन १ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
निस्दीको ९३ जना भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका साथै अरु सबै प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट पुष्टि भएको स्थास्थ्य कार्यालयले जनाएको छ ।
देशभर निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline