सोती हत्याकाण्डः वडा अध्यक्ष मल्ल सहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

सोती हत्याकाण्डः वडा अध्यक्ष मल्ल सहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

  • बुधबार, असार १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

असार १० काठमाडौँ । रुकुम पश्चिमको जिल्ला अदालतले सोतीमा जेष्ठ १० गते जाजरकोटका ६ जना युवाको सामुहित हत्याकाण्डको सुनुवाई गर्दै वडा अध्यक्ष सहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।

न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएकी किशोरीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाडेको छ । घटनामा संलग्न २ नाबालकलाई यसअघिकै आदेशले बाल सुधारगृहमा पठाइसकिएको छ ।
कारागार चलान हुनेमा वडाध्यक्ष मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४, ३६ ९१० र ९३० तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल ,इर्दबहादुर भनिने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन् ।

गत आइतबार हत्याकाण्डमा संलग्न भएको भन्दै सरकारी वकीलको कार्यालयले ३४ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो ।

गत जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीमा जाजरकोटतर्फबाट आएका युवामाथि सोतीका गाउँलेले आक्रमण गर्दा ६ जना युवाको ज्यान गएको थियो । जाजरकोटका नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्जिव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।

कथित तल्लो जातिको भएर उपल्लो जातिकी युवतीसँग बिहे गर्ने प्रयास गरेको भन्दै नवराज विक र उनका साथीहरुमाथि आक्रमण गरिएको थियो ।
भेरी नदीमा सबैको शब फेला परे पछि जातिय हिंशाको रुपमा यस काण्डको चौतर्फी बिरोध र आन्दोलन हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ