रोज मर्छन् धमनी र शिरा जिन्दगानी यो मसानघाट रहेछ,
मुर्दा भै निस्कन्छ बालापन जवानी यो मसानघाट रहेछ।
प्रियाको पाउजुको झङ्कारले मार्छ,मार्छ गुलाबी अधरले,
भगवान१ कुन दिन काटेछु राहदानी यो मसानघाट रहेछ।
कति छिटो पोतिदियो धनले, अहम् को अँगार मुहार भरी,
म मै रहिन जलेर खार भएँ, बेइमानी यो मसानघाट रहेछ।
खुसी थियो रबि झुल्किन पाएर प्रभातमा , सोचेन केही ,
साँझ अस्तायो क्षितिजमा , बिहानी यो मसानघाट रहेछ ।
सधैं (सधैं हाम फालेर आत्महत्या गर्छन् मेरा आँसुले यहाँ ,
उसले छोडेको खास यादको निसानी यो मसानघाट रहेछ ।
नमिता दवाडी
गोर्खा नेपाल
हालस: न्युजिल्यान्ड
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline