नेपालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ कोरोना भाइरस रोग “कोभिड १९” डडेलो झै फैलिएर ७६ वटा जिल्लाहरुमा सन्क्रमण सहित हालसम्म २४ जनाको मृत्यु गराइसकेको छ भने १०,००० भन्दा बढीको संक्रमण र करीव ८६,००० अझै क्वारेन्टिनमा कस्टकर अवस्थामा बस्नु परेको ताजा तत्थ्याकले प्रकाश पारेको छ । कोरोनाको तिव्र संक्रमणबाट हाल नेपालको जनस्वास्थ्य, आर्थिक, र सामाजिक क्षेत्रहरुलाई आन्क्रान्ता पारेको देखिन्छ।
अहिले कोरोना प्रसारण र संक्रमण दक्षिण एशियामा रातो क्षेत्र (रेड जोन) मा छ । कोभिड् – १९ को ताजा तथ्याड़कलाई विश्लेषण गर्दा संक्रमितको सङ्ख्याको आधारमा श्रेणीकरणमा विश्वमा नेपाल ६६ स्थानमा, बाङ्लादेश १७ स्थानमा, पाकिस्थान १४ स्थानमा, र भारत चौथो स्थानमा छन । भारतमा मात्र हाल दैनिक करिव १५ – १६ हजार मानिसहरुमा कोरोना संक्रमण र ५०० – ६०० कोरोना सम्बन्धित मृत्युको पुष्टि हुँदै छ भने पाकिस्थानमा दैनिक करिव ४००० – ५००० मानिसहरुमा कोरोना सन्क्रमण र करिव १०० – २०० कोरोना सम्बन्धित मृत्युको तथ्याड़क प्रकाशित भएका छन । साथै, बाङ्लादेशमा पनि दैनिक ३५०० – ४००० कोरोना सन्क्रमण र ५० – १०० कोरोना सम्बन्धित मृत्युको खबर आइरहेको अवस्था छ। भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले भारतको १% भन्दा कम जनसंख्या कोरोनाभाइरसबाट संक्रमित भएको र कोरोना समुदायक प्रसारण नभएको कुरा उलेख्ख गरे पनि विज्ञहरू यो पुष्टि सँग सहमत छैनन र भविष्यवाणी गरेका छन् कि भारतमा नोभेम्बरको मध्यमा २० लाख भन्दा बढी कोरोना संक्रमण घटनाहरूको साथमा संक्रमण शिखरमा पुग्न सक्छ ।
नेपालमा कोरोनाको तथ्याड़कलाई विश्लेषण गर्दा २०७६ माघ दोस्रो हप्ताको सुरूमा चिन बाट आएका ब्यक्तिमा कोरोना पुष्टि भये पस्चात करिव पाँच महिनापछी २०७७ असार ९ गते कोरोना संक्रमण घटनाहरू १०,००० भन्दा बढी उकालो लागेको छ ।
नेपालमा कोरोनाको पहिलो संक्रमणबाट १० वटा सन्क्रमितको सङ्ख्या पुग्न ८० दिन (२०७६ चैत ३०), १०० सन्क्रमितको सङ्ख्या पुग्न १०७ दिन (२०७७ वैशाख २७), १,००० सन्क्रमितको सङ्ख्या पुग्न १२७ दिन (२०७७ जेठ १६), र ५,००० सन्क्रमितको सङ्ख्या पुग्न केवल १४१ दिन (२०७७ जेठ ३०) मात्र लाग्यो ।
सांच्चीनै थप ११ दिन (१५२ दिन) मा ५,००० सन्क्रमितको सङ्ख्या थपिएर १०,००० संक्रमण पुगेको अवस्था छ ! विगत ४५ दिनहरुमा १०० गुणा सन्क्रमणमा वृद्घि, अनी केवल २५ दिनहरुमा १० गुणा संक्रमण वृद्वि भएर १,००० बाट तिव्र रुपमा १०,००० सन्क्रमितको सङ्ख्या पुग्नुले कतै कोरोना नेपालमा समुदायक प्रसारणको चरणमा त पुगेको हैन भन्ने प्रश्न खडा गर्दछ।

नेपालमा कोरोनाको तथ्याड़कलाई गहन अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्दा कोरोना नेपालमा ५४ दिनको (१८ बैशाख २०७७ पछि) अन्तरालमा १७७ गुणा र २३ दिनको (१८ जेष्ठ २०७७ पछि) अन्तरालमा ६.५ गुणा व्रिध्ही भइ २०७७ असार ९ मा सन्क्रमितको सङ्ख्या १००९९ पुगेको छ। अहिले पिसिआर परिक्षण गरिएको सङ्ख्या (१८६,३६६) मा ५.४% मा सन्क्रमण देखिएको छ । १० लाख जनसंख्यामा लगभग ६,३०० को अनुपात अनुसार यहाँ परिक्षाण गरिएको छ जुन हाल भारत (५,२००) , पाकिस्थान (५,१००), बाङ्लादेश (३,९००) र श्रीलन्का (४,५००) भन्दा माथि छ ।

लेखा चित्रमा ल हेर्नुहोस, ६ जिल्लाहरु बाट ७६ (रसुवा वाहेक) जिल्लाहरुमा सन्क्रमण फैलिन मात्र ४५ दिनको समय अवधीले कोरोना भाइरसको तिव्र संक्रमणको अनुभुती दिलाउछ साथै विगत ४० दिनको अन्तरालमा (१ जेष्ठ २०७७ पछि) २४ वटा कोरोना सम्बन्धित मृत्युको घटनाहरूले यस्को गम्भीरता प्रकट गर्दछ ।

लकडाउन खुकुलो पार्दै लाने, उचित क्वारेनटाइन अनुसरण नगर्ने, ब्यापक प्रयोगशाला परीक्षण र निदान नगरने र संक्रमितको रोकथाम र उपचार लक्षित सुरक्षा नीतिहरु नअपनाउने, र असिमित लापर्वाही गर्ने हो भने संक्रमणका घटनाहरू ह्वात्तै बढ्दै संक्रमितको संख्या हजारौं पुग्ने र मृत्यु घटनाहरू पनि ह्वात्तै बढ्ने साथै देशले धेरै क्षति बेहोर्ने आकलन सजिलै नकार्न सकिन्न ।
हामी स्वयंले पनि निम्न कुराहरुमा ध्यान दिऔँ
-भीड ठाँउहरूमा जानबाट जोगिनुहोस्। आँखा, नाक र मुख नछुनुहोस्।
-निश्चित गर्नुहोस् कि तपाईं र तपाईका वरपरका मानिसहरू राम्रा श्वासप्रश्वासको स्वच्छता अनुसरण गर्छन्।
-यदि तपाईंलाई ज्वरो, खोकी र सास फेर्न गाह्रो छ भने, चिकित्सा खोजीमा जानुहोस् ।
-विश्वसनीय स्रोतहरूबाट CORONA को पछिल्लो जानकारीमा अप टु डेट राख्नुहोस् ।
एकदम महत्त्वपूर्ण, साबुन र पानीले आफ्ना हातहरू नियमित रूपमा र राम्ररी सफा गर्नुहोस् ।
-१ -२ मिटर शारीरिक भौतिक दुरी कायम गर्नुहोस्, र बाहिर निस्कदा मास्कहरू प्रयोग गर्नुहोस्।
-आत्मा बल लाई पनि उच्च बनाउनुहोस् ।
अतः वर्तमान परिस्थितिमा नागरिकहरूले कोरोनाको बिरूद्ध लडाईलाई परास्त गर्न संक्रमणको रोकथाम लक्षित सुरक्षा नीतिहरु कडाईका साथ पालना गर्नुपर्ने साथै देश वा स्थानीय अधिकार निकायले स्वास्थ्य सेवासुविधा र उपलब्ध स्रोतहरू जुटाउनु पर्ने, संक्रमितको रोकथाम र उपचार लक्षित सुरक्षा नीतिहरु तथा निवारण रणनीतिहरु यथासिघ्र तयारी गर्नुपर्ने, सबै सरोकारवालाहरुसंग सहकार्य गर्दै उचित आर्थिक संसाधनको प्रबन्ध गर्दै आपतकालीन निवारणको लागि द्रुत गतिविधिहरू र जिम्मेवारीहरू वहन गर्नुपर्ने अहिलेको आवश्यकता नै कोरोनाको लागि अमृतवाण हुनसक्छ ।
डा. सन्तोष दुलाल आनन्दवन अस्पतालमा अनुसन्धान वैज्ञानिक हुनुहुन्छ र उहाँले दक्षिण कोरियाबाट स्नातकोत्तर र अमेरिकाबाट विद्यावारिधि तथा पोस्ट-डक्टरल फेलोशिप गर्नुभएको छ ।