असार १० काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रममा आज ६ सय ५१ थपिएका छन् । देशभरका २२ वटा प्रयोगशालामा ७ हजार बढीको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । जस मध्य महिला ११० र पुरुष ५१९ रहेका छन् । यो सगैँ देशभर संक्रमितको अहिले सम्मको संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कोरोनाबाट हाल सम्म २४ जनाको मृत्यु भईसकेको छ भने २३ सय ३८ जना डिस्चार्ज भएका छन् । जस मध्य आज मात्रै एक सय १४ जना निको भएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline