ऐलानी जमीन भएकालाई सोलार प्यानल वितरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका

ऐलानी जमीन भएकालाई सोलार प्यानल वितरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका

  • बुधबार, असार १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

राँझा, १० असार । ऐलानी जमीनमा घर भएका कारण विद्युत् सुविधा नभएको नेपालगञ्ज उपमहानगरपालिकाको सुकुम्बासी बस्तीमा सौर्य ऊर्जामार्फत उज्यालो कार्यक्रम सञ्चालन गरिएको छ । नेपालगञ्ज– १८ स्थित शान्तिनगर टोलको नयाँबस्तीमा बसोबास गर्दै आएका विपन्न समुदायमा वडा कार्यालयमार्फत सोलार प्यानल वितरण गरी उज्यालो कार्यक्रम थालिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, तराई–मधेश समृद्धि विकास कार्यक्रममार्फत गरीब, मधेसी, मुसलमान तथा पिछडिएको क्षेत्रमा वैकल्पिक ऊर्जाको योजना बनाएर प्यानल वितरण गरिएको वडाध्यक्ष दीपक बर्माले बताउनुभयो । उहाँका अनुसार बस्तीका ५४ घरपरिवारलाई पुग्ने गरी प्यानल वितरण भइसकेको छ । कार्यक्रमअन्तर्गत २५९ प्यानल जडान गर्ने वडा कार्यालयको योजना छ । यहाँका बासिन्दासँग लालपूर्जा नहुँदा बत्तीको मिटर राख्न सकेका छैनन् । विसं २०६०मा सुर्खेत, दैलेखलगायत विभिन्न जिल्लाबाट आएर नयाँबस्तीमा बसेका घरपरिवारलाई प्यानल दिइएको हो ।

“विपन्न समुदायको बस्ती भएकाले नागरिकहरु अहिले पनि अँध्यारोमा बस्न बाध्य छन् । नगरभित्रैको बस्तीका बासिन्दा अँध्यारोमा बस्न नपरोस् भनेर सोलार प्यानल सहयोग गरिएको हो”, वडाध्यक्ष वर्माले भन्नुभयो, “अब सुकुम्वासी बस्तीमा पनि अँध्यारो हटेर उज्यालो छाउँदैछ । वितरण गरिएको सोलारबाट पाँच वटा बत्ती र एउटा पङ्खा चल्ने क्षमता रहेको छ ।”

तराई–मधेस समृद्धि विकास कार्यक्रममार्र्फत प्राप्त रु ४५ लाख बजेटबाट प्यानल वितरण कार्यक्रम भइरहेको वडाध्यक्ष वर्माले जानकारी दिनुभयो । स्थानीयवासी धनबहादुर बिटालुले ऐलानी जग्गामा घर भएका कारण धेरैले विद्युत्को मिटर नपाउँदा अँध्यारोमा बस्न बाध्य भएका अवस्थामा प्यानल वितरणले बस्ती उज्यालो भएको बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका परिवारले प्यानल पाएपछि बस्तीमा उज्यालोसँगै खुशीयाली छाएको उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ