आज समय बदलिएर परिस्थिती बदलिएको छ
देशैभरको युवायुवती गर्भमै टुहुरा भएको वर्तमान छ
बेखबर गणतन्त्रले जनतालाई ढाटिदिएको छ
अनि आज न कसैको दास बन्न मन लाग्छ
न कसैको शुभचिन्तक बन्न मन लाग्छ
न विश्वास गर्ने कुनै आधार
न समर्पण गर्न योग्य राज्यव्यवस्था
भागवन्डाका महंगा हिसावले डंग्रङ्ग लडेको छ लुट्को स्वर्ग जस्तो रोमान्सीव्यवस्था
अनि कोर्न मन लाग्छ फरक फरक मतहरु
अनि भन्न मन लाग्छ तिता तिता सत् हरु
कान हुनेहरुले सुनुन झै लाग्छ
आँखा हुनेहरुले हेरुन झैं लाग्छ
पढ्न जान्नेहरुले पढुन झै लाग्छ
देशको निम्ति बोलिदिनेहरु बढुन झै लाग्छ
अवचेतन भइ हैन सचेतना ब्युंँताएर अघि बढोस लोक झै लाग्छ।।।
अन्धभक्तिमा समर्पण हैन
स्पष्टोक्तिमा समर्पितहरु थपिउन झै लाग्छ
कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने बहादुरहरुको जन्म भैरहोस जस्तो लाग्छ
निजि स्वार्थ सांध्नेहरुको चिल्लो सकियोस झै लाग्छ।।।
राष्ट्रिय स्वार्थका निम्ति लड्नेहरुले अमरत्व पाउन जस्तो लाग्छ !!