पुनर्वासका बाबुछोरामा कोरोना पृष्टी, कञ्चनपुरमा सय बढि कोरोना संक्रमित पुगे, ५५ जितेर गए

पुनर्वासका बाबुछोरामा कोरोना पृष्टी, कञ्चनपुरमा सय बढि कोरोना संक्रमित पुगे, ५५ जितेर गए

  • मङ्लबार, असार ९, २०७७
  • डम्मर राज भट्ट

  • 8.4K
    SHARES

कञ्चनपुर, ९ असार । कञ्चनपुरको पुनर्वासका बाबुछोरामा कोरोना पृष्टी भएको छ । तीन साता अघि भारतको मदरासबाट घर फर्किएका पुर्नवास नगरपालिका २ मोतिबस्तीका ४९ बर्षिया पुरुषका र २१ बर्षिया उनका छोरामा कोरोना पृष्टी भएको हो । स्थानीय सरस्वती माविको क्वारेन्टाईनमा बसेका बाबुछोराले आफ्नै हिसाबले स्वाब नमुना दिएका थिए ।
संक्रमित परिवारका आफन्तले स्थानीय सरकारबाट कुनै पहल नभएपछि दुवै जनाले सेती अस्पतालमा गएर स्वाब लिएका थिए । ‘दुवैले स्वाब दिए, संक्रमितका आफन्तले भने, ‘दुवैमा कोरोना देखिए, उनीहरु अहिले सेती अस्पतालमा छन् ।’ पुनर्वासका संक्रमित बाबुछोराले अस्पतालमा तातोपानीको माग अघि सारेका छन् ।
कञ्चनपुरमा चैत्र दोस्रो साता र बैशाख अन्तिम साता एक महिला एक पुरुषमा कोरोना देखिएको छ । १२ जेठदेखि भारतमा रहेका नेपालीका लागि प्रवेसका लागि नाका खुला गरेसंगै कञ्चनपुरमा समेत कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । कञ्चनपुरमा हालसम्म १ सय ७ जनाका कोरोना देखिएको छ । भने जसमध्ये ५५ जना कोरोना जितेर घर आएका छन् ।
यस अघि शुक्लाफाँटा नगरपालिका ९ कञ्चनपुरकी ५ बर्षिया बालिका तीन साताअघि बाबुआमासंगै भारतको दिल्लीबाट घर फर्किईन् । क्वारेन्टाईनमा रहेका उनी सहित बाबुआमा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुको स्वाब नमुना संकलन गरेर पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाईयो ।
पिसिआर रिर्पोटमा बाबुछोरीलाई कोरोना देखियो । आमालाई देखिएन् । आमाबाबुकै कोदीमा बसेर दिल्लीदेखि झण्डै ४ सय किलोमिटर दुरीको यात्रा गरेकी ति बालिका अहिलेसम्म आमाबाबुसंगै बस्दै आएका छन् । बाबु र छोरीलाई कोरोनाले छोयो, आमालाई छोएन् । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा बालिका उनका बाबु सहित आठ जनाका कोरोना पृष्टी भएको छ ।
सेती प्रादेशिक अस्पतालको रिर्पोट अनुसार शुक्लाफाँटा नगरका ५ जना, भीमदत्त नगरपालिका १८ का ७० बर्षिया बृद्ध, र पुनर्वास नगरपालिका दुई युवकमा कोरोना पृष्टी भएको छ । शुक्लाफाँटा नगरपालिकामा बाबुछोरीका कोरोना देखिएका उनीहरु सहित पाँचै जनालाई उपचारका लागि आईशोलेनमा राखिएको छ । पछिल्ला दिनमा कञ्चनपुरमा धमाधम कोरोना संक्रमित बढेपछि कुनैपनि स्थानीय तह, बजार क्षेत्र,गाउँबस्तीमा भौतिकदुरी कायम गरिएको छैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ