बेदकोट नगरपालिकामा दुई स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना

बेदकोट नगरपालिकामा दुई स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना

  • मङ्लबार, असार ९, २०७७
  • डम्मर राज भट्ट

  • 8.9K
    SHARES

कन्चनपुर, ९ असार । कञ्चनपुरको बेदकोट नगरपालिकामा दुई स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना देखिएको छ । थ्रट स्वाब नमुनाबाट उनीहरुको पिसिआरबिधीबाट कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा कञ्चनपुरका १० जनाका कोरोना देखिएको छ । बेलौरी नगरका युवक सहित बेदकोट नगरका दुई स्वास्थ्यकर्मी र सात जना भारतबाट आएकाम कोरोना देखिएको हो ।

बेदकोट नगरका प्रवक्ता नरेश बहादुर सिहले कोरोना देखिएका सबैको उपचारका लागि महाकाली अस्पताल पठाईने बताए । बेदकोटमा चैत्र पछि सिधै असारमा कोरोना एकै पटक ९ जनामा देखियो । बेदकोट १० घर सहित काठमाण्डौँ घर भएकी महिला र शुरुमै १० का ईन्द्र विकमा कोरोना देखिएको थियो । पछि एक बृद्धमा देखिएको थियो । दुवैको उपचार पछी घर फर्किएका छन्। । भने एक जना उपचारार्थ छन् । बेदकोट नगरपालिका ५मा संयोजक बस ५ जना देखिएका छन् ।

उनीहरु सबै भारतबाट आएका हुन् । बेदकोट ५का वडाध्यक्ष गणेश विक९कुसल०ले सीमा क्षेत्रबाट उनीहरुलाई सिधै क्वारेन्टाईन ल्याईएको बताए । ‘हामीले पाँचै कोरोना देखिएका उनीहरु सहित सबैलाई सिधै सीमाबाट क्वारेन्टाईन ल्याएका हौँ, ‘अध्यक्ष कुसलले भने,‘परीक्षण गर्दा आरडिटी देखियो, पछि पिसिआर गरेर पनि देखियो, अहिले अस्पताल लगिरहेका छौँ ।’ १ नम्बर वडाका पुरुष र ३मा महिला रहेका छन् ।

बेलौरी नगरपालिका कोडिभ १९ का संयोजक मान बहादुर चन्दले बेलौरीका युवामा देखिएको कोरोना संक्रमित व्यक्ति आईसोलेट गरिएको बताए । कञ्चनपुरम दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि उच्च सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ