आठ घण्टापछि सुचारु भयो आँबुखैरेनी–मुग्लिङ सडकखण्ड

आठ घण्टापछि सुचारु भयो आँबुखैरेनी–मुग्लिङ सडकखण्ड

  • मङ्लबार, असार ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

दमौली ,९ असार । पहिरो गएपछि आज बिहान ६ः३० बजेदेखि अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड आठ घण्टापछि दुईतर्फी रुपमा सुचारु भएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा नजिक खसेको पहिरो हटाइएपछि अवरुद्ध सडक आठ घण्टापछि दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले आठ घण्टाको प्रयासपछि राजमार्ग दुईतर्फी रुपमा सुचारु भएको जानकारी दिनुभयो । पहिरो पन्छाइएपछि दिउँसो १२ः३० बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको राजमार्ग २ः३० बजेदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

मुग्लिङ र डुम्रेबाट ल्याइएको डोजरले राजमार्गको पहिरो हटाइएको थियो । “डाँडाबाट ढुङ्गा खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समय लागेको थियो, अहिले दुईतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएको छ”, प्रहरी निरीक्षक थापाले भन्नुभयो । राजमार्ग सुचारु भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ