पर्सा, ९ असार । वीरगंज महानगरपालिका वडा नं. १२ का वडा अध्यक्षमाथि अनियमित्ता गरेको भन्दै स्थानीयले वडा कार्यालय घेरेका थिए । राहत, स्वास्थय बिमा, पोखरीको जग्गा लगायतको कार्यमा अनिमित्ता गरेको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरेको हो ।
वीरगंज महानगरपालिका वडा न. १२ का वडा अध्यक्ष रामदरश कुश्वाहाले राहतको नाममा भ्रष्टाचार, स्वास्थय बिमा, पोखरीको जग्गामा निर्माण भइरहेको कार्यमा अनिमित्ता गरेको भन्दै वडा कार्यालय घेराउ गरिएको स्थानीयले बताए । स्थानीय साहिद अलि मंसुरीले गरिब असहाय सर्वसधारणको लागि २ सय बोरा चामल आएकोमा १ सय बोरा घोटाला गर्ने प्रयास गरेको बताउनु भयो । उहाले स्थानीयले जागरुक्ता हेराउनसाथ रातारात १ सय बोरा थपिएर बाडिएको बताउनु भयो ।
स्थानीय अमजद असारीका अनुसार होहल्ला गर्नेले मात्र कुपन पाएका थिए । उहाले आफै होहल्ला गरेपछि २ वटा कुपन पाएको बताउनु भयो । गरिब असहाय सर्वसधारणको लागि आएको राहत भोट कमाउनको निम्ति वडा अध्यक्षले आफ्नो आसेपासेलाई दिइएको स्थानीय अमजद अंसारीले आरोप लगाउनु भयो ।
महिला शिक्षा बिमाको फारम भरेको २ बर्ष बिति सक्दापनि आफ्नो नाम नआई पुरुषको नाम आएको बताउनु भयो । तर वडा अध्यक्ष रामदरश कुश्वाहाको नजिकको मान्छेले पाएको आरोप लगाउनु भयो । उहाहरुले नै योग्यता भएको भन्दै फारम भर्न लगाएको र आफ्नो नाम काटी आसेपासेलाई नियुक्त गरिएको आरोप लगाउनु भयो ।
उता स्वास्थ्य बिमाको नाममा आसेपासेलाई नियुक्त गरिएको आरोप लागेका घनश्याम गुप्ताले नियमावली अनुसार नै आफु फारम भरी नियुक्त भएको बताउनु भयो । उहालेराजनीतिक मानसिकताले ग्रसित रहेका केही नेताले गर्दा आफुलाई बदनाम गर्ने प्रयास गरिएको बताउनु भयो । गुप्ताले नेपाल सरकारले जारी गरेको स्वास्थय बिमामा प्रकृया अनुसार तालिम गरेर आइसकेपछि करिब ३ बर्षपछि यस्तो तरिकाको अवाज उठाई बदनाम गर्ने प्रयास गरिएको बताउनु भयो ।
यता वीरगंज महानगरपालिका वडा नंं १२ का वडा अध्यक्ष रामदरश कुश्वाहाले आफुले २ सय बोरा राहत बाडेको बताउनु भयो । प्रदेश सरकारले पठाएको २ सय बोरा मध्ये २ सय बोरा नै राहत बाडिएको उहाँले दाबी गर्नुभयो । पटक पटक गरी आफुले गरिब असहायको लागि राहत बाडिएको वडा अध्यक्ष रामदरश कुश्वाहाले बताए ।
वडा अध्यक्ष कुश्वाहाले आफ्नो आसेपासेलाई मात्र राहत बाडी भोट कमाइरहेको समेत स्थानीयले आरोप लगाएका थिए । स्थानीयले वडा कार्यालय घेराउ गरेको २ घण्टा नबितिदै वडा प्रहरी कार्यालय श्रीपुरबाट आएको टोलीले स्थानीयलाइ तितर बितर पारी वडा कार्यालय संचालन गर्न लगाएको छ ।