स्थापना दिवसको अवसर पारि गर्यो यातायात मजदुर संगठनले रक्तदान

स्थापना दिवसको अवसर पारि गर्यो यातायात मजदुर संगठनले रक्तदान

  • मङ्लबार, असार ९, २०७७
  • डम्मर राज भट्ट

  • 8.4K
    SHARES

कन्चनपुर , ९ असार ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४१ औं स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको छ । कोरोना महामारीबीच संगठन आबद्ध मजदुरहरुले मंगलबार विहान नेपाल रेडक्रस सोसाइटीमा रक्तदान गरेका छन् ।
संगठनले बर्साै देखी आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष रक्तदान र दिप प्रज्वलन कार्यक्रम राखिएको संगठनका अध्यक्ष हर्क बहादुर रावलले जानकारी दिए । ‘कोरोना महामारीका कारण अरु कार्यक्रम गर्न सकिने अवस्था भएन’ उनले भने,‘विहान रक्तदान गरिएको छ, साँझ दिपावली गर्छौ ।’

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य बहादुर खडायतको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रममा जिफन्टका भीमदत्त नगर कमिटी अध्यक्ष राम नाथ, उपाध्यक्ष भोज ऐरी, नेताहरु दुर्गा रावल, जय बहादुर विष्ट, देब बहादुर थापा, प्रकाश चन्द, महेश्वर खडायत, संगठनका नगर कमिटी अध्यक्ष हर्क बहादुर रावल, उपाध्यक्ष शंकरदत्त जोशी, सचिव टेकराज जोशी, कोषाध्यक्ष निर्मला विष्ट लगायतका सहभागी भएका छन् ।
संगठनका नगर कमिटीका रावलको अध्यक्षतामा कार्यक्रम गरिएको छ । वसपार्कसिस्थत धर्मानन्द पन्त स्मृति भवनमा उपस्थित भएर नेताहरु रक्तदानका लागि रेडक्रस सोसाइटी कार्यालयमा गएको संगठनका कार्यालय प्रमुख भानी चन्दले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी