पुनर्वासमा थप २ जनामा देखियो कोरोना पोजेटिभ, तीन जना कोरोना जितेर घर फर्कदै

पुनर्वासमा थप २ जनामा देखियो कोरोना पोजेटिभ, तीन जना कोरोना जितेर घर फर्कदै

  • मङ्लबार, असार ९, २०७७
  • डम्मर राज भट्ट

  • 9.1K
    SHARES

कन्चनपुर, ९ असार। पुनर्वास नगरपालिकामा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना पोजेटिभ देखिएको छ । केही दिन अघि लिईएको पिसिआर रिपोर्टको परिणाम आउँदा दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । आज पोजेटिभ देखिएका दुई पुरुषहरु ४९ र २१ बर्षका छ्न । सेती प्रादेशिक अस्पताल, धनगढीको कोरोना भाईरस उपचार र परिक्षण सम्बन्धि सोमबारको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । सेती प्रादेशिक अस्पतालमा पुनर्वासका छ जनाको आईसोलेसनमा उपचार भईरहेको पनि जनाईएको छ ।

यो संगै पुनर्वास नगरपालिकामा २३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिदै गर्दा कोरोनालाई जित्नेको संख्या पनि पुनर्वासमा बढदो छ । सोमबार कोरोनालाई पराजित गरि तीन जना पुरुषहरु घर फर्केका छ्न ।  ती व्यक्तिहरु हरि बिक बर्ष २०,श्यामलाल सुनार बर्ष ४३ र बिरेन्द प्रसाद जैसी  बर्ष ३१ रहेका छ्न ।  । निजहरु विगत १६ दिनदेखि महाकाली अञ्चल अस्पताल भिमदत्तनगरमाको आईसोलेसनमा बसिरहेका थिए ।

कोरोनाको कुनै लक्षण नदेखिए पछि निजहरूलाई घर फर्काइएको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले बताएका छ्न । यस अघि पुनर्वास नगरपालिकामा सात जनाले कोरोनालाई पराजित गरिसकेका छन । कोरोना पराजित गर्नेहरूमा प्रयोगशालाकर्मीद्वय जनकसिंह धामी९३३० र दुर्गादत्त भट्ट ९३९० पुनर्वास ६, झक बहादुर तिवारी९५२० पुनर्वास ५, कमल थापा९३३० पुनर्वास ५,लालसिह सुनार ९३४० पुनर्वास ९, सन्तोष सुनार९३०० पुनर्वास ९ र अमित कुमार जैसी९२८० पुनर्वास ९ रहेका छ्न ।

यसरी कोरोनालाई पराजित गर्ने भाग्यमानीहरुको संख्या १० पुगेको छ । हालसम्म पुनर्वास नगरपालिकामा आरडिटी परिक्षण १५४२ जनाको भईसकेको छ, जसमा १४५६ को नेगेटिभ आएको छ भने ८६ जनाको पोजेटिभ आएको छ । त्यसैगरी पिसिआर परिक्षण १३८ जनाको भएको मध्ये ७९ जनाको रिपोर्ट नेगेटिभ र २१ जनाको पोजेटिभ आएको छ । ४८ जनाको पिसिआर परिक्षणको रिपोर्ट आउन अझै बाँकी छ । पिसिआर पोजेटिभ आएका बिरामीहरु मध्ये १० जना सञ्चो भएका छ्न भने बाँकी ११ जनाको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालको आईसोलेसनमा उपचार चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ