मुख्यमन्त्री पौडेलद्वारा पूर्वी मकवानपुरको महत्वपूर्ण परियोजनाहरुको अनुगमन

मुख्यमन्त्री पौडेलद्वारा पूर्वी मकवानपुरको महत्वपूर्ण परियोजनाहरुको अनुगमन

  • मङ्लबार, असार ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

हेटौडा ,९, असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वी मकवानपुरमा रहेका महत्वपूर्ण परियोजनाहरुको अनुगमन गर्नुभएको छ । सोमबार पूर्र्वी मकवानपुरको बकैया तथा वाग्मती गाउँपालिका पुग्नुभएका मुख्यमन्त्री पौडेलले उक्त क्षेत्रमा भइरहेका समग्र विकास निर्माणका बारेमा जानकारी लिनुका साथै छिमेकी जिल्ला सिन्धुलीलाई मकवानपुरसँग जोड्ने मदन भण्डारी राजमार्ग (धरान–चतारा)अन्तर्गत वाग्मती नदीमा निर्माणाधीन पुलको अवलोकन गर्नुभएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

पुलको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले विगतमा पुल निर्माणको काम सन्तोषजनक नभएको भए पनि हाल भएको कामले आशा जगाएको बताउनुभयो । उहाँले अझै सोचेअनुसारको काम भने हुन नसकेको उल्लेख गर्नुभयो । पौडेलले प्रदेशका विभिन्न जिल्लालाई राजधानी हेटौँडासँग जोड्न धरान–चतरा सडकखण्डअन्तर्गतको उक्त पुल महत्वपूर्ण हुने बताउनुभयो । पुल निर्माणपछि प्रदेश राजधानी हेटौँडासँग सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लालाई सडक सञ्जालसँग सहजरूपमा जोड्न सकिने उहाँको भनाइ थियो ।

पूर्वपश्चिम राजमार्गमा भइरहेको सवारी चापलाई घटाउने र विभिन्न कारणले हुने अवरोधको विकल्पसमेत हुने भएकाले हेटौँडा–धरान सडक महत्वपूर्ण मानिएको छ । तीन सय १८ किलोमिटर लामो यो सडकले धरानलाई चतरा, गाईघाट, सिन्धुली हुँदै मकवानपुरको हेटौँडासँग जोड्छ । हाल हेटौँडा–सिन्धुली र सिन्धुली–उदयपुर गरी दुई खण्डमा सडक निर्माणको काम दु्रतगतिमा चलिरहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ