कन्चनपुर,८ असार । कोरोना जितेर सोमबार पनि महाकाली अस्पतालबाट दुई युवक डिस्चार्ज भएका छन् । महाकाली अस्पतालका अनुसार शुक्लाफाँटा नगरपालिका ९ का नरेन्द्र ऐर र महाकाली नगरपालिका ९ का रामु धामी एकसाथ डिस्चार्ज भएका हुन् ।
संयोगबस दुवै जना ९ नम्बर वडाकै रहेका छन् । कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिकाको बुदा नम्बर २.३ (९क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि दुवै युवक युवालाई डिस्चार्ज गरिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । उनीहरुलाई सम्मानका साथ अस्पतालले विदाई गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline