पाल्पामा भीषण पहिरोले चार वटा गाडी पुरिदा ३ जनाको मृत्यु

पाल्पामा भीषण पहिरोले चार वटा गाडी पुरिदा ३ जनाको मृत्यु

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 39.7K
    SHARES

असार ८ तानसेन । अविरल बर्षाका कारण पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा भीषण पहिरो जादाँ चार वटा गाडी चार वटा गाडी पुरिदा कारण तीन जनाको मृत्यु भएको छ । तानसेन–रिडी खण्डमा पहिरोले चार वटा सवारी साधन बगाएको हो ।
पहिरोले बगाए पछि मृत्यु भएको अवस्थामा पुरिएको ठाँउबाट दुई जनाको शब फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्का एक जनाको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।
शवलाई पाल्पा अस्पतालमा ल्याइएको छ । उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ ।
पहिरो झण्डै दुई सय मिटर तल खसेको छ । झण्डै ७० मिटर लामो पहिरोमा रोकि राखेको ट्रक, पानी ट्याङकर, एक बोलेरो , एक कार पुरिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ