असार ८ काठमाण्डौं । कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो।
पिसीआर परीक्षणका क्रममा तीमध्ये पाँच जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उनीहरुलाई सोही अस्पतालको आईसोलेसनमा राखिएको छ ।
देशभर कोरोनाको जोखिम स्वास्थ्यकर्मीहरुमा पनि बढ्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline