नवलपरासीको सुनवलमा फेरी थपिए ५ कोरोना संक्रमित, सुनवलमा मात्रै ३२ पुगे

नवलपरासीको सुनवलमा फेरी थपिए ५ कोरोना संक्रमित, सुनवलमा मात्रै ३२ पुगे

  • सोमवार, असार ८, २०७७
  • रबिन्द्र यादव

  • 6.3K
    SHARES

८ असार ।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा आज (सोमबार) थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा एक महिला र चार पुरुष रहेका छन् । सुनवल नगरपालिका वडा नं. १ का २६ वर्षिय पुरुष, वडा नम्बर ११ का ४१ वर्षका पुरुष , वडा नम्बर ९ मा २४ वर्षका पुरुष, वडा नम्बर १० मा ३१ वर्षका पुरुष र वडा नम्बर ३ कि ५६ वर्षिय एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिए ।

संक्रमित सबैको काठमान्डौ स्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरिएको हो । यसअघि गत आइतबार मात्रै सुनवलमा एकैपटक २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै सुनवलमा जम्मा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । यस्तै नवलपरासी पश्चिममा जम्मा कोरोना भाइरस संक्रमितको संख्या ७८ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ