लागु औषध सहित ५ जना पक्राउ

लागु औषध सहित ५ जना पक्राउ

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

झापा,सुनसरी, असार ०८ गते । झापाको कमल गाउँपपालिका-५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन ।  पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही स्थानका २३ बर्षिय अन्नत प्रसाद गणेश र कमल गाउँपपालिका-५ का २० बर्षिय दिपेश थापा रहेका छन ।

उनिहरुलाई हिजो बेलुका ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाईकलमा सवार गरी आएका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो ।

साथै निजहरुको साथबाट नगद ६ हजार रुपैया ,२ थान मोबाईल र उनिहरु सवार गरी आएको दुई वटा पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । यसै गरी सुनसरीको बराहक्षेत्र-८ शेरे चौकबाट दुई जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र-७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान-१७ का २२ बर्षीय विशाल भुजेल रहेका छन । मोटरसाईकलमा सवार गरी आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट DIAZALAB- ११, एम्पुल, AVIL- ११ एम्पुल र LUPIGESIC-११ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ