गजल

गजल

  • आइतवार, असार ७, २०७७
  • - नमिता दवाडी

  • 12.9K
    SHARES

सबथोक छोडेर ,परिधी तोडेर आउन एकैछिन ।
धड्कनमा धड्कन मिसाई, सुस्ताउन एकैछिन ।

भन्छौ सजीबनी हुँ, कठिन घडीमा मात्र आउँछु ,
मृत्यु जित्ने यादको औसधि हौ ,धाउन एकैछिन ।

गहिराई थाहा पाउन फुट चाहिँदैन, चाहिँदैन लठ्ठी ,
यो आँखाको सागरमा आफुलाई डुबाउन एकैछिन ।

तिमी हासे पनि ,रोए पनि कहाँ देख्न सक्छु भोलि ,
खोलेर मन ,मेरै काखमा हाँस ,हँसाउन एकैछिन ।

मुटु टुक्रिँदै छ , जीवन रित्तिँदै छ ,कतिन्जेल रहला ,
भुलेर दुनियाँ देऊ , हात तिमीमा थमाउन एकैछिन ।

गोर्खा नेपाल
हाल: न्युजिल्यान्ड

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी