उसले प्यास मेटाइसकेको छैन …..

उसले प्यास मेटाइसकेको छैन …..

  • आइतवार, असार ७, २०७७
  •  - लक्ष्मण चौलागाईं 

  • 26.7K
    SHARES

    यता वर्षा भैरहँदा मकैका पातमा बज्रेर  बजेका
 बाछिट्टा पानीका आवाजले सुन्दर संगीत सुने झै भान भैरहदा
हिजो बाउसे र रोपाहारहरुले रंगीन देखिएको गैरी खेतका डिलहरुमा
बुट्टा काटे झै काटिएका आली र सम्याइएका
जलमग्न खेतका गर्हाहरुका याद एकाएक आउन थाले
उसै बेला हामीलाई बाआमा ,बडा बा
काका ,दिदिदाजुहरुले भन्नुहुन्थ्यो
मुठ्ठी खाएर मुरि उब्जाउने बेला यो
खाई नखाई कामकै हतारो र चटारो
बाढी आएका सिन्धुका खोलाहरु
गड्गडाएका महादेव खोलाको आवाजले
लाग्थ्यो संसारभरको नदि…..
यहि  पाटिभन्ज्याङको सिरानबाट बग्दै छ
आहा,
ती ईतिहास भैसकेका संस्मरणहरुमा असारे भाका र होहोरी संगै
उस्तै र उत्रै कोदाली लिएर पक्तिमा रमाएका हामी किसानहरु
अहिले ती गैरी खेत तिर कोहि देखिदैनन
दैवले चुँडिसके थुप्रै बाउसे साथीभाईहरु
थुप्रै रोपाहार काकी,दिदी बहिनीहरु
कोहि खाडीमा छन त कोहि स्वर्गमा
आज ती रमणीय गर्हाहरु दुवोकोचौर बन्दै गर्दा
खाडीबाट युवाले रेमिटेन्स पठाएकै वजह
यहाँ देश चलेको छ भन्ने सुनिन्छ
तर , तर यो वर्षादमा जति बहन्छन भेल बाढिहरु
 त्यति नै रगत बहेको छ यहाँ
जति लडे पहिरा र डाँडाहरु
 त्यति नै क्षतविक्षत छन थुम्किहरु यहाँ
हिजोका साझा खुसिहरु आज विरानो बन्दैछन
हिजोका साझा रमाइलोहरु आज सिर्फ याद बन्दैछन
समृद्दिको रिवन काट्नेहरु रेमिटेन्स लगानी गर्दै सुपरमार्केट्का रिवनहरु काट्दै गर्दा
उता खाडीमा रिनाहरु रेटिदैछन रे
उता साउदीमा रविनहरु काटिदैछन रे
उता कुवेतमा नैनाका इज्जतहरु लुटिदैछन रे
उता मकाउमा मैनाहरु बलात्कृत हुदैछन रे
थुप्रै थुप्रै चित्कारहरु आइरहदा त्यहाबाट
 मैना र नैनाका शव भएका काठका बाक्साहरु
आफ्नै घाटमा जल्न आउँदा
रेमिटेन्सको रकमले सेवा सुविधा ग्रहण गरेको मा. हर्कबहादुर  एउटा खादा बोकेर आर्यघाट सान्त्वना दिन सम्म आएनन रे
ग्रहण  भन्दा बाहेक भुक्तानी गर्न नजान्ने
यस्तै सुविधाभोगका हजारौंको संख्याले
करोडौं जनताका छोराछोरी आज यो असारमा
मुठी खाएर मुरि उब्जाउन घुम ओढेर
आफ्नै गहिरिखेतमा श्रम गर्दै छैनन रे
हो,यहाँ आयातित युगले
आफ्नै युगको बलात्कार गरेकोले
कृषिप्रधानको गरिमा ढल्दै ढल्दै मर्दैछ रे
उठाउने व्यक्तीले विकासको जिम्मा
 नलिएर पो हो कि ..
शासनका भोटाहरु आधा दर्जन नजिक पुग्न
 यो शताब्दीले थुप्रै अवसर त पायो
तर उपलब्धिकै लिलामी र वेचबिखनले थुप्रै खेत र बारीहरुमा
असार र साउन रुदै बजेको धुन जस्तो आभास भएको छ
हो,आज यहाँ यस्तै भएको छ
समृद्धिलाई गिर्जाघरमा थुनेर समृद्दिकै प्रचारबाजीले
सुविधाभोग आरामको फलैचामा आराम गरिरहेको छ न्यायका खाता पल्टाउन उसले आदेश दिइसकेको छैन…
सेवाभोग तृष्णाले छट्पटीएको कारण उसले प्यास मेटाइसकेको छैन …..

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी