लागुऔषध सहित दुई भारतिय नागरिक पक्राउ

लागुऔषध सहित दुई भारतिय नागरिक पक्राउ

  • आइतवार, असार ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

सुनसरी,असार ७ । सुनसरीको कोशी गाउपालिका-७ हरिपुर स्थित भित्रीसड्क खण्डबाट दुई भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत सुपौल ग्राम पंचायत(१ का २० बर्षीय लक्ष्मण कुमार पासवान र सोहि स्थानका १९ बर्षीय अर्जुन कुमार पासवान रहेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिई उनिहरुको शरिर खानतलासी गर्दा कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैया १२५०, र भारतका विभिन्न बैंकका ATM कार्ड समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गत शुक्रबार दुबै जनालाई पक्राउ गरिएतापनी अनुसन्धान पश्चात आज सार्बजनिक गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी