नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

  • आइतवार, असार ७, २०७७
  • रबिन्द्र यादव

  • 4.1K
    SHARES

७ असार । नवलपरासी पश्चिममा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी २१ जना सुनवल नगरपालिकाका बासिन्दा रहेका छन । यो सहित जिल्लामा कोरोना पोजेटिभको संख्या कुल ७२ पुगेको छ ।

सुनवल नगरपालिकाको क्वारेन्टाइनमा बसेका १२८ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएको थियो जसमध्ये ५२ जनाको रिपोर्ट आउँदा २१ जनाको रिपोर्ट पोजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय परासीले जनाएको छ। संक्रमित मध्ये १६ पुरुष छन् भने ५ महिला छन् ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका सन्क्रमित मध्ये वडा न १ का ५ महिला र ३ पुरुष गरि ८ जना, वडा ३ का २ जना पुरुष, वडा न ४ का २ जना पुरुष, वडा न ६ का १ जना पुरुष, वडा न ७ का ३ जना पुरुष, वडा न १२ का ३ जना पुरुष र वडा न १३ का २ जना पुरुष गरि जम्मा २१ जना रहेको सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा क्षेत्रीले बताए ।

उनका अनुसार संक्रमित सबै भारतबाट आएर वडा स्तरीय सामुदायिक क्वारेन्टाइनमा बसेका थिए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै सक्रमितलाई नगरपालिकाले वडा नम्बर १ स्थित बाल सिकाइ केन्द्रको भवनमा बनाएको आईसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ