कन्चनपुर , ७ असार । कञ्चनपुरको महाकाली अस्पताल बाट शिशुदेखि वृद्धसम्मले कोरोना जितेर घर भर्केका छन् । एक हप्ताको अवधिमा कन्चनपुरको महाकाली अस्पतालबाट कञ्चनपुरका कैलाली, काठमाडौं गरी ४० जना अहिले उपचारपछि घर फर्किएका छन् ।
सात नम्बर प्रदेशको सेती प्रादेशिक अस्पतालबाट दुई स्वास्थ्यकर्मीसहित कञ्चनपुरका चालीसजना घर फर्किएका हुन् । कन्चनपुर जिल्लामा रहेको महाकाली अस्पतालबाट शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ११ महिने शिशु, भीमदत्त नगरपलिका– २ उल्टाखामका ५० वर्षीय पुरूष घर फर्किएका थिए ।
महाकालीबाट शनिबारसम्ममा ३८ जना निको भएर घर फर्किएका छन् । कन्चनपुरमा रहेको महाकाली अस्पतालका अनुसार ११ जना कैलाली, २३ जना कञ्चनपुर, र दुईजना काठमाडौंका घर फर्किएका छन् ।
दुई जना नेपाल प्रहरी, दुई जना स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्किएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले बताए ।
