पर्यावरण र वन्यजन्तु संरक्षणका लागि वन अपराध नियन्त्रण विशेष कार्यदल परिचालन

पर्यावरण र वन्यजन्तु संरक्षणका लागि वन अपराध नियन्त्रण विशेष कार्यदल परिचालन

  • आइतवार, असार ७, २०७७
  • डम्मर राज भट्ट

  • 3.5K
    SHARES

कन्चनपुर, ७ असार । लकडाउनको मौकाछोपी वन तथा वन्यजस्तु चोरी तस्करी बढेपछि कञ्चनपुरको बैजनाथ सामुदायिक वनले वन र वन्यजन्तु संरक्षणका लागि विशेष कार्यदल परिचालन गरेको छ । शुक्लाफाँटा नगरपालिका ८ को बैजनाथ सामुदायिक वनले वनमा हुनसक्ने चोरी तस्करी नियन्त्रणका लागि विशेष कार्यदल परिचालन गरेको हो ।

सरकारले सामुदायिक वनमा जेठ अन्तिम सातादेखि काठ दाउरा संकलनमा प्रतिबन्ध लगाएपछि वनमा हुनसक्ने सम्भावित चोरी तस्करी रोकथामका लागि विशेष कार्यदल खटिएको जनाएको छ । सामुदायिक वनका अध्यक्ष बहादुर महराले पर्यावरण, वन र वन्यजन्तु संरक्षणका लागि विशेष सुरक्षा तालिमबाट वन अपराध नियन्त्रण विशेष कार्यदल परिचालन गरिएको बताए । उनका अनुसार उक्त टोलीले वनमा सुक्ष्म गस्ती गर्दै चोरी तस्करीलाई सुन्यमा छार्ने छ ।

लकडाउनकै विचमा उक्त सामुदायिक वनबाट काठ चोरी तस्करी गर्ने समुहमाथि वनले एक्सन लिदै नियन्त्रणमा लिएर कार्बाहीका लागि वनमा बुझाएको थियो । उजाडमरुभूमीमा अहिले बैजनाथ सामुदायिक वन संरक्षण सम्र्बद्धनमा अब्बल भएको छ । उक्त सामुदायिक वनले पर्यावरण, वन र वन्यजन्तु संरक्षणका लागि अगाडी सारेको पहल प्रसंसनिय भएको भन्दै चौतर्फि रुपमा उदाहरणीय बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ