भारतमा रोजगारी गुमाएका मजदुरका परिवारलाई खाद्यान्न

भारतमा रोजगारी गुमाएका मजदुरका परिवारलाई खाद्यान्न

  • आइतवार, असार ७, २०७७
  • डम्मर राज भट्ट

  • 6.7K
    SHARES

कन्चनपुर , ७ असार ।  भारतमा रोजगारी गर्दै गुजारा चलाउदै आएका नेपाली मजदुरका आश्रित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
अमेरिकामा रहेका नेपालीबाट प्राप्त सहयोग मार्फत कञ्चनपुरको भीमदत्त नगरपालिका १३ का मजदुर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । अध्ययनका लागि अमेरिका गएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक टेकेन्द्र प्रशाद भट्टको पहलमा संकलन गरिएको रकमबाट भारतमा रोजगारी गुमाएका मजदुरका परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
शनिबार एम्नेष्टी ईन्टरनेशनलका सदस्य एव कञ्चनपुरका विद्यार्थी नेता नरेन्द्र भाट, सुप विश्वविद्यालयका उप प्राध्यापक मनिस ओझाले उक्त राहत वडा भीनपा १३का वडाध्यक्ष लाल बहादुर शाहीलाई हस्तान्तरण गरेका छन । विद्यार्थी नेता भाटका अनुसार चामल, दाल, तेल, नुन, बेसार लगायतका खाद्यान्न समाग्री हस्तान्तरण गरिएका छन् । ‘यस पटक भारतमा रोजगारी गुमाएका नेपाली मजदुरका घर परिवारका लागि राहत दियौँ, ‘उनले भने, ‘नेपालीको रोजगारी गुम्यो, उनीहरु काममा फर्किएका छैनन, क्वारेन्टाईनमा छन, घरमा समस्या भएको छ ।’

सुप विश्वविद्यालयका उप प्राध्यापक एव राहत वितरण अभियानमा खटिएका मनिस ओझाले अभियान जारी रहने बताए । उनले लकडाउनका कारण समस्यामा परेकाहरुका लागि अभियानलाई पारदर्सी ढङगबाट अघि बढाउने बताउदै अमेरिकामा सहयोग जुटाउने टेकेन्द्रं भट्ट सहितका नेपालीलाई धन्यवाद दिएका छन् ।

यस अघि पनि उक्त अभियान अन्र्तरगत कञ्चनपुरका विद्यार्थी, बृद्धआश्रम, अनाथालय, लगायत मजदुरलाई राहत दिईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ