किन डढ्यो रोटी आज तावा रिसायो कि
आगोले नि सारा दु:ख आफैँ मेटायो कि !
उदासी छ डाली पनि कसले चोर्यो फूल
काँचले नि आफ्नै हार आफैँ टुटायो कि !
रातको त के कुरा र दिनै पनि अँधेरी छ
समयले नि भित्तेघडी आफैँ फुटायो कि !
सम्बन्धको डोरी तोडी कहाँ भाग्नु छ र
चङ्गाले नि टोटा धागो आफैँ छुटायो कि !
मतलवी छ संसार सबै कसैको हुन्न भर
प्रेमीले नै प्रेमिकालाई आफैँ कुटायो कि !
मन वैरी आफैँ भा’छ बाहिर को छ शत्रु
मान्छेले नि खुसी सब आफैँ लुटायो कि !
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline