नवलपरासी पश्चिममा ७ बर्षकी बालिका सहित २ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ५२ पुग्यो

नवलपरासी पश्चिममा ७ बर्षकी बालिका सहित २ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ५२ पुग्यो

  • आइतवार, असार ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

७ असार । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

शनिबार प्रतापपुर गाउँपालिकामा ९ का ५२ बर्षिय र पाल्हीनन्दनकी ७ बर्षिया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्यामा बृद्धि आएको हो । भारतबाट अभिभावकसँगै फर्किएकी पाल्हीनन्दन २ कि त्यी बालिका क्वारेन्टाईनमा थिईन् ।

उनको आरडिटि परिक्षणको क्रममा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पिसिआर परिक्षणका लागी शनिबार प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएकोमा शनिबार पोजेटिभ देखिएको हो । यस्तै संक्रमित पुरुष पनि भारतबाट आएका थिए ।

जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुग्दा सबैभन्दा बढी सुस्ता गाउँपालिकामा २१ जना पुगेका छन् । यस्तै पाल्हीनन्दनमा १३ जना, प्रतापपुरमा ६ जना, सुनवलमा ६ जना, रामग्राममा ३ जना, बर्दघाटमा २ र सरावलमा १ जना छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ