६ असार नवलपरासी । नवलपरासी पुर्वमा शनिबार फेरी १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार बिहान मात्रै १७ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ सय ३१ पुगेको छ ।
स्रोतका अनुसार शनिबार दोस्रो पटक पुष्टि भएका संक्रमित सबै मध्यबिन्दु नगरपालिकाका हुन् । उनीहरु कुनकुन वडाका रहेका छन् भन्नेमा केहिबेरमा विवरण प्राप्त हुनेछ । संक्रमित मध्ये २१ र २५ बर्षका दुई महिला पनि रहेका छन् । यस्तै संक्रमित १३ पुरुष मध्ये ३ बर्षका बालक पनि छन् भने अन्य १६, १६, १७, १८, १९, २१, २३, २५, २६, २६, ३९, ४० बर्षका पुरुष रहेका छन् ।
उनीहरु केहिदिन अघि भारतबाट आएका थिए । उनीहरुलाई थप उपचारका लागी देवचुली १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय ९हालको कोरोना बिशेष अस्थायी अस्पताल० मा लैजाने तयारी भइरहेको छ ।