जनकल्याण साकोसद्धारा आगामी वर्षको निति कार्यक्रम तथा बजेट माथिको अन्तरक्रीया सम्पन्न

जनकल्याण साकोसद्धारा आगामी वर्षको निति कार्यक्रम तथा बजेट माथिको अन्तरक्रीया सम्पन्न

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

असार ६ गते नवलपरासी पश्चिम । बर्दघाट ९ भानुनगरमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक बर्ष २०७७÷०७८ को निति तथा बजेट निति कार्यक्रम तथा बजेट माथिको अन्तरक्रीया सम्पन्न गरेको छ ।

सस्थाले आज एक कार्यक्रमका बिच सस्थाकै सभाहलमा गरेको कार्यक्रममा सदस्यता वृद्धिमा २५ प्रतिशत र वसलातमा २० प्रतिशत वृद्धि गरीने निति लिएको अध्यक्ष डिक बहादुर पाण्डेले बताउनु भयो । उहाका अनुसार सस्थाले हाल कायम रहेको सस्थाको शेयर पुजि ३ करोड १७ लाख लाइ वृद्धि गरी ५ करोड मा पु¥याइने छ भने यस वर्ष बालवालीकालाई केन्द्रीत गरी कोपिला बचत खाता सञ्चालन गरी १ सय २५ जना बालबालीकाहरुलाई सदस्य बनाउने लक्ष्य लिएको छ । कार्यक्रममा चालु आर्थिक वर्ष २०७६÷०७७ को जेष्ठ मसान्तसम्मको समिक्षा र आगामि आर्थिक वर्षको बजेटको प्रस्तुती सस्थाका व्यवस्थापक यमलाल खरेललेगर्नु भएको छ भने आगामी आर्थिक वर्षको निति कार्यक्रमको प्रस्तुति सह व्यवस्थापक बिमल चन्द्र घिमिरेले गर्नुभएको छ ।

सस्थाका अध्यक्ष डिक बहादुर पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य प्रकाश न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा सस्थाका सञ्चालक समितिका सदस्यहरु, पुर्वअध्यक्षहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, शिक्षा समितिका सदस्यहरु, ऋण समितिका सदस्यहरु, महीला परिचालन समितिहरु, कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ