संकटमा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरु !

संकटमा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरु !

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

असार ६ काठमाण्डौं । जसरी कोरोना महामारीले विश्वभर आर्थिक र जीवन सञ्चालनमा संकट ल्याईरहेको छ । श्रमिक क्षेत्र, व्यवशाय सबै आक्रान्त छन् ।
यस्तो बेला मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अवस्था पनि संकटमा पुगेको छ ।
खास गरी राजधानी काठमाण्डौंका मसाज पार्लर, दोहोरी, रात्री क्लबहरुमा काम गरेर गुजारा गर्ने महिलाहरुको आर्थिक अवस्था अहिले निकै जोखिममा परेको छ ।
होटल तथा रेन्टुरेन्टहरु बन्द छन्, मसाज पार्लरहरु बन्द छन्, नाईट क्लबहरु बन्द छन् । यस्तो अवस्थामा त्यसैमा काम गरेर गुजारा गर्ने हजारौ महिलाहरु यतिखेर ती पेशा व्यवशाय बन्द हुदा संकटमा परेका हुन् ।
ती हजारौ मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुलाई अन्यत्र पुनस्थापित गर्न नसकिए भविष्यमा समस्या निम्तन सक्ने यसमा सक्रिय अभियान्ताहरुको चिन्ता छ ।

बाध्यत्मक यौन क्रियाकलापबाट पुनस्र्थापित भएर मनोरञ्जनात्मक क्षेत्रको रोजगारीमा गएका महिलाहरु पुरानै काममा फर्किन थाले भने त्यसले गम्भीर सामाजिक समस्या सिर्जना गर्ने श्रमिक महिला केन्द्ीत अभियान्ता सविना तामाङको दावी छ ।

त्यसो त क्षेत्रपाटी, नयाँबजारको खोला किनारातिर चलाइएका कतिपय खाजाघरभित्र अहिले पनि यौन व्यवसाय फस्टाएको सूचना सोह्रखुट्टे प्रहरीले पाइरहेको छ । तर, प्रहरी टोली पुग्दा उनीहरु पहिल्यै तितरवितर हुने गरेका छन् ।

सोह्रखुट्टे प्रहरीका डिएसपी दीपक खड्का भन्छन्, ‘कुनै खाजा घरको ढोका अगाडिबाट खोलेको भए हामी बन्द गराउने नाममा त्यहाँ पुग्न सक्छौँ । तर, ढोका पूरै बन्द छ भने ढोका फोडेर भित्र जाने अधिकार हामीसँग पनि हुँदैन ।’ श्रमिक महिला रक्षा संघकी अध्यक्ष तामाङ भने त्यस्तो क्षेत्रमा आधारित श्रमिक महिलालाई मास्क सिलाउने र सेनिटाइजर बनाउने विधिको तालिम शुरु गर्न लागेको बताउँछिन् ।

तर, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुमा मेहेनत कम, आर्थिक उपार्जन बढी गर्ने बानी लागेका कारण तामाङले भनेजस्तो वैकल्पिक पेशामा उनीहरु सजिलै पुग्न भने गाह्रो छ । जनआस्थाले खबर लेखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ